३ असार/ राष्ट्रिय योजना आयोगले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण पाँचदेखि सात वर्षभित्र सम्पन्न गर्ने रणनीति बनाएको छ । भूकम्पीय क्षतिको पुनर्निर्माणको विस्तृत खाका तयार पार्दै आयोगले दीर्घकालीन काम सम्पन्न गर्न अधिकतम सात वर्ष लाग्ने बताएको हो। भत्किएका ऐतिहासिक सम्पदा र स्थायी घर आगामी सात वर्षसम्ममा बनिसक्ने आयोगको ठम्याईं छ । राष्ट्रिय योजना आयोगले तयार पारेको ’भूकम्पको क्षति पुनर्निर्माण रणनीतिक योजना २०१५’ को मस्यौदामा प्राथमिकताका क्षेत्र निर्धारण गरी काम अघि बढाइने उल्लेख छ । पुनर्निर्माण प्राथमिकताको पहिलो नम्बरमा आवास क्षेत्र रहेको छ भने क्रमश दोस्रो र तेस्रोमा ऐतिहासिक सम्पदा र सामाजिक क्षेत्र रहेका छन्। भत्किएका पाँच लाखभन्दा बढी घर बनाउने कामलाई मुख्य प्राथमिकतामा राखिएको छ । भूकम्पबाट भएको क्षतिको मूल्यांकन प्रतिवेदन (पीडीएनए) सार्वजनिक गरे लगत्तै योजना आयोगले पुनर्निर्माणका लागि रणनीतिक योजनाको मस्यौदा तयार पारेको हो।अस्थायी घर, टहरा बनाउन ६ महिनादेखि दुई वर्षसम्म लाग्नेछ। अस्थायी बसोबासको व्यवस्थासँगै स्थायी आवास बनाउने रणनीति बनाइएको हो। यसपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वका सम्पदा पुनर्निर्माणले पनि प्राथमिकता पाउनेछन्। मस्यौदालाई केही दिनमै अन्तिम रुप दिई दाता सम्मेलनमा पेस गरिने तयारी आयोगले गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारीले पाँचदेखि सात वर्षभित्रमा भूकम्पबाट भएका क्षतिको पुनर्निर्माण सम्पन्न गर्ने रणनीति बनाइएको जानकारी दिए ।Wednesday, June 17, 2015
पुनर्निर्माण पाँचदेखि सात वर्षभित्र
३ असार/ राष्ट्रिय योजना आयोगले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण पाँचदेखि सात वर्षभित्र सम्पन्न गर्ने रणनीति बनाएको छ । भूकम्पीय क्षतिको पुनर्निर्माणको विस्तृत खाका तयार पार्दै आयोगले दीर्घकालीन काम सम्पन्न गर्न अधिकतम सात वर्ष लाग्ने बताएको हो। भत्किएका ऐतिहासिक सम्पदा र स्थायी घर आगामी सात वर्षसम्ममा बनिसक्ने आयोगको ठम्याईं छ । राष्ट्रिय योजना आयोगले तयार पारेको ’भूकम्पको क्षति पुनर्निर्माण रणनीतिक योजना २०१५’ को मस्यौदामा प्राथमिकताका क्षेत्र निर्धारण गरी काम अघि बढाइने उल्लेख छ । पुनर्निर्माण प्राथमिकताको पहिलो नम्बरमा आवास क्षेत्र रहेको छ भने क्रमश दोस्रो र तेस्रोमा ऐतिहासिक सम्पदा र सामाजिक क्षेत्र रहेका छन्। भत्किएका पाँच लाखभन्दा बढी घर बनाउने कामलाई मुख्य प्राथमिकतामा राखिएको छ । भूकम्पबाट भएको क्षतिको मूल्यांकन प्रतिवेदन (पीडीएनए) सार्वजनिक गरे लगत्तै योजना आयोगले पुनर्निर्माणका लागि रणनीतिक योजनाको मस्यौदा तयार पारेको हो।अस्थायी घर, टहरा बनाउन ६ महिनादेखि दुई वर्षसम्म लाग्नेछ। अस्थायी बसोबासको व्यवस्थासँगै स्थायी आवास बनाउने रणनीति बनाइएको हो। यसपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वका सम्पदा पुनर्निर्माणले पनि प्राथमिकता पाउनेछन्। मस्यौदालाई केही दिनमै अन्तिम रुप दिई दाता सम्मेलनमा पेस गरिने तयारी आयोगले गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारीले पाँचदेखि सात वर्षभित्रमा भूकम्पबाट भएका क्षतिको पुनर्निर्माण सम्पन्न गर्ने रणनीति बनाइएको जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment