४ असार/ भातरविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेश ७९ रनले विजयी भएको छ । मिरपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले प्रत्तुत गरेको ३ सय ८ रनको लक्ष्य पच्छ्याएको भारत ४६ ओभरमा २ सय २८ रनमा समेटिएपछि घरेलु टोलि ७९ रनले विजयी भएको हो । उसका लागी ओपनर रोहित शर्माले सर्बाधिक ६३,शुरेश रैनाले ४०,रविन्द्र जडेजो ३२ तथा शिखर धवनले ३० रनको योगदान दिए । आक्रामक ब्याट्समेन विराट कोहलीले एक रनमा चित्त बुझाउँदा अजिन्खा रहानेले ९ तथा कप्तान महेन्द्रसिंह ध्वनीले ५ रनमा पेवेलियन फर्किए । बलिङ्गतर्फ भारतलाई सस्तैमा समेट्ने क्रममा डेब्यु गरेका मुस्तफिउर रहमानले ५ सस्किन अहमद र सकिब अल हसनले २/२ तथा मसर्फे मोर्तजाले एक विकेट लिए । यसअघि टस जितेर व्याटिङ्ग गरेको घरेलुटोलि बंगलादेशले ओपनर तमिम इक्वालको ६०,सौम्य सरकारको ५४ तथा अलराउण्डर सकिब अल हसनको ५२ र सविर रहमानको ४१ रनको मदतमा ४९ दशमलव ४ ओभरमा ३ सय ७ रन जोडेको थियो । बलिङ्गतर्फ रविचन्द्रन अस्विनले ३,भुवनेस्वर कुमार र उमेश यादवले २/२ तथा मोहित शर्माले एक विकेट लिएका थिए । जितसँगै बंगलादेशले तीन म्याचको श्रृखलामा एक शुन्यको अग्रता लिएको छ ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...

No comments:
Post a Comment