१ असार/ कोपा अमेरिका कप फुटबल
प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा वोलिभिया विजयी भएको छ । समुह ए अन्तर्गतको
खेलमा उसले इक्वेडरलाई ३–२ ले पराजित गर्यो । पाँचौ मिनेटमा नै रानोल्ड राल्डेसको गोल
मार्फत अग्रता लिएको बोलिभियाले १८ औं मिनेटमा अग्रता दोब्बर पार्यो
। बोलिभियाका लागि दोश्रो गोल मार्टिन डालेसले गरेका थिए । पहिलो हाफको ४३
औं मिनेटमा मार्सेलो मोलेनोले पेनाल्टी मार्फत गोल गरेपछि बोलिभियाले पहिलो
हाफमा ३–० को अग्रता लिएको थियो ।
तर
दोश्रो हाफको तेश्रो मिनेटमा नै इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई
खेलमा फर्काउने संकेत गरे । दोश्रो हाफको ३६ औं मिनेटमा इक्वेडरका मिलर
बोलानोसले गोल गरेपछि खेल निकै रोमाञ्चक भएको थियो । तर त्यसपछि कुनै
टोलीबाट गोल हुन सकेन र खेल बोलिभियाले ३–२ ले जित्यो । जितसँगै बोलिभिया
चिलीसँग गोल अन्तरका आधारमा पछि पर्दै समुह ए को दोश्रो स्थानमा रहेको छ ।
इक्वेडर भने बिना अंक समुह ए को पुछारमा रहेको छ ।
त्यस्तै आज भएको खेलमा आयोजक
चिलीले मेक्सिकोसँग ३–३ गोलको बाराबरी खेलेको छ । निकै रोमाञ्चक भएको खेलमा
अग्रता भने खेलको २१ औं मिनेटमा मार्टिस भुसोको गोलमार्फत
मेक्सिकोले लिएको थियो । तर
त्यसको एक मिनेट बित्न नपाउँदै चिलीले खेल बराबरी गर्यो । २२ औं मिनेटमा
चिलीका भिडालले गोल गर्दै खेल बराबरीमा ल्याए । २९ औं मिनेटमा राउल
जिमेनेजले गोल गर्दै मेक्सिकोलाई पुन अग्रता दिलाए । ४२
औं मिनेटमा चिलीका भारगासले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो ।
तर दोश्रो हाफको अन्त्यतिर पाएको पेनाल्टीमा भिडालले गोल गर्दै चिलीलाई
३–२ को अग्रता दिलाए ।
दोश्रो
हाफको २१ औं मिनेटमा मार्टिस भुसो व्यक्तिगत दोश्रो तथा टोलीका लागि
तेश्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र
खेल ३–३ गोलको बराबरीमा सकियो ।
बराबरीसँगै चिली २ खेलमा ४ अंकका साथ समुह ए का शीर्ष स्थानमा रहेको छ २ अंक जोडेको मेक्सिको भने तेश्रो स्थानमा रहेको छ ।
No comments:
Post a Comment