१३ असार,काठमाडौं/
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले
प्राविधिक एसएलसीको नतिजा आज ४
बजेभित्र सार्वजनिक गर्ने भएको छ। कार्यालयले प्राविधिक धारबाट पहिलो पटक
एसएलसी दिएका विद्यार्थीको नतिजा पास फेलमा नभइ ग्रेडिङका आधारमा निकाल्ने
जनाएको छ। कक्षा नौदेखि नै प्राविधिक विषय अध्ययन
गरेका विद्यार्थीले यस वर्ष पहिलो पटक एक हजार पूर्णाङको परीक्षा दिएका
थिए। परिक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीले प्राप्त
गरेको नम्बरको आधारमा ग्रेडिङ छुट्टाइने छ। ९० देखि १०० प्रतिशतको को
बीचमा अंक ल्याउने विद्यार्थीलाई ए प्लस ग्रेड, ८० देखि ८९ सम्म ल्याउनेलाई
ए, ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई 'बी', ४० देखि ५९ ल्याउनेलाई 'सी',
२५ देखि ३९ ल्याउनेलाई 'डी' ग्रेड र २५ भन्दा कम ल्याउनेले 'ई' ग्रेड
पाउनेछन्।
कार्यालयका अनुसार यस वर्ष प्राविधिक विषय तर्फ ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका छन्। यसमा पूर्वाञ्चलमा ५ सय ४६, मध्यमाञ्चलमा ७ सय ५५, पश्चिमाञ्चलमा ८ सय ४४, मध्यपश्चिममा ५ सय ९४ र सुदुरपश्चिममा ५ सय ४८ ले परीक्षा दिएका थिए। परीक्षा दिएकामध्ये दुई हजार ३७ जना छात्र र एक हजार २ सय ५१ छन्। नतिजा डी र ई आएका विद्यार्थीले पुनः परीक्षा दिन चाहेमा सक्ने व्यवस्था रहेको परीक्षा नियन्त्रका द्वारेले जानकारी दिए।
No comments:
Post a Comment