Showing posts with label entertainment. Show all posts
Showing posts with label entertainment. Show all posts

Monday, May 30, 2016

प्रथम मिस दमकको उपाधि ढकाललाई


१५ जेठ,दमक/  झापाको दमकमा सम्पन्न प्रथम मिस दमक २०१६ को उपाधि रुजु ढकालले हात पारेकी छन् । शुक्रबार रेडक्रस भवन दमकमा भएको ग्राण्ड फिनालेमा अन्य १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनी प्रथम मिस दमक बन्न सफल भएकी हुन् । एड लिङ्ग एडभरटाईजिङ एजेन्सीको आयोजना तथा कौचा कन्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेडको मुख्य प्रायोजनमा भएको सो प्रतियोगितामा सेकेण्ड रनरअपको उपाधि सोयाश्री बज्रचार्यले हात पार्दा फस्ट रनरअप भने मेरिना विश्वकर्मा भइन् ।  

सत्र प्रतिस्पर्धीको पहिलो प्रस्तुतिबाट टप टेन छनोटमा दश निर्णायक रहेको सो फिनालेका निर्णायकले उनीहरुको परिचय तथा प्रस्तुतिबाट अन्तिम दश छनोट गरेका थिए । अन्तिम दशमा प्रबेश पाएकाहरुलाई दश निर्णायकले प्रतिस्पर्धी आँफैले तानेको टोकनमा जुन निर्णायकको नाम परेको थियो सोहि निर्णायकले प्रश्न सोधेका थिए । सोहि प्रश्नको जबाफका आधारमा दश निर्णायकले टप टेनबाट टप फाइभ छनोट गरेका थिए । टप टेनमा सोधिएको प्रश्नको केहि प्रतिस्पर्धीले जबाफ दिन नसक्दा सम्भावना भएरपनि बाहिरीनु परेको थियो ।Merina BK
त्यसपछि अन्तिम पाँचमा पुगेका उनीहरुलाई तपाइ मिस दमक हुनुभयो भने दमकलाई ग्रिन सिटी बनाउन तपाइको कस्तो भुमिका हुनेछ भन्ने एउटा साझा प्रश्न सोधिएको थियो । त्यस प्रश्नको जबाफ उनीहरुलाई तीन मिनेट भित्र लेख्न भनिएको थियो । सोहि समय भित्र उनीहरुले खेलेको आ–आफ्नो जबाफ करिब पाँच सय बढी दर्शकका माझ आँफै पढेर सुनाएका थिए । सोहि जबाफका आधारमा प्रतियोगिताको विजेता छनोट गरिएको थियो । जसमा ढकालले बाजी मारिन ।
Shoyashree
त्यस्तै प्रतियोगितामा अन्य दश विधाका उत्कृष्ट पनि छनोट गरिएको थियो । जसमा मिस ट्यालेन्ट र बेष्ट आइजको उपाधि सोयाश्री बज्रचार्यले हात पारिन भने बेष्ट स्किनको उपाधी श्रृजना अधिकारीले, बेष्ट स्माइलको उपाधि गरिमा प्रधानले, बेष्ट हेयरको उपाधि आशिका राईले, बेष्ट क्याटवाकको उपाधि सिम्रन गजमेरले, बेष्ट पर्सनालिटीको उपाधि मौसम सुब्बाले, बेष्ट फ्रेण्डसीपको उपाधि काजोल क्षेत्रीले, बेष्ट फोटोजेनिकको उपाधि करुणा तामाङ्गले र पब्लिक च्याइसको उपाधि रक्षा सुब्बाले हात पारेका थिए । 
Top 3




प्रतियोगिता सशस्त्र प्रहरीबल पाथिभरा गणका गणपति भरतबाबु कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Tuesday, June 2, 2015

प्रियंकाले भनिन काम गर्न नपाउँदा पागल भैसके

नेपाली चलचित्रकी सर्वाधिक व्यस्त एवं चर्चित नायिका हुन् प्रियंका कार्की । बर्षमा दर्जन बढी चलचित्रमा अभिनय मात्र होइन विदेश कार्यक्रम र विज्ञापनमा पनि उनी व्यस्त छिन् । उनै प्रियंका वैशाख १२ पछि पूर्ण रुपमा कामविहिन छन् । चलचित्रको छायांकन मात्र रोकिएको छैन, दैनिकी पनि भत्किएको छ । आफूलाई काम गर्न नपाउँदा छटपटी हुने भन्दै उनले भनिन्-‘अहिले मलाई अरु कुराले भन्दा पनि काम गर्न नपाउँदा दिक्क लागेको छ । काम नहुँदा म पागल जस्तै भैसकेकी छु ।’ नायिका कार्कीले आफूले गर्ने भनेका थुप्रै चलचित्रको काम प्रभावित भएको भन्दै अब विस्तारै सुरु हुने आशा गरिन् । उनले चलचित्र ‘नाई नभन्नु ल ४’मा काम गर्ने पनि पक्का भएको बताइन् । विकास आचार्यले तपाइले काम गरे खेलाउछु भन्नु भएको छ, के तपाई गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्-‘मैले नगर्ने भन्ने त हुँदैहुँदैन ।
 अब त विकास दाइको चलचित्रको कथा पनि मलाई हेर्नु पर्दैन ।’ उनी यो चलचित्रमा नायक आर्यन सिग्देलसँग देखिनेछिन् । चलचित्रको छायांकन भदौ १५ गतेबाट सुरु गर्ने तयारी निर्देशक विकास आचार्यको छ । प्रियंका ‘नाई नभन्नु ल २ र ३’मा मुख्य नायिकाको रुपमा थिइन् । ‘भुकम्पअघि थुप्रै चलचित्रका लागि कुरा भैरहेको थियो, तर अहिले ती सबै कामहरु प्रभावित भयो’, उनले भनिन् । भुकम्प आएलगतै च्यारेटी कार्यक्रमका लागि लण्डन पुगेर केही रकम जम्मा गरेको उनले बताइन् । ‘त्यती काम पनि गर्न नपाएको भए सायद अहिलेसम्म म तनावमा हुन्थे होला, तर केही भएपनि काम गर्न पाउँदा खुशी छु’, प्रियंकाले भनिन् ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...