काठमाडौं।
मुस्लिम धर्मावलम्बीले महान् पर्व बकर ईद आज हर्षोल्लासपूर्वक मनाउँदैछन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक
विश्वास छ ।
मुस्लिम धर्मावलम्वीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा
इदगाहमा गई सामूहिक नमाज पढ्ने र एक आपसमा अंकमाल गर्दै शुभकामना आदान
प्रदान गर्ने चलन छ ।
पर्वको अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत
देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । बकर ईदका
अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
यसैबीच बकर इदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिंदै
आफ्नो सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सङ्कल्प,
सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई अक्षुण्ण राखी
राष्ट्रिय एकता कायम गनुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना दिंदै पर्वको माध्यमबाट
विभिन्न समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गरी सबै
नेपालीको प्रमुख कार्यभार संविधान कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण
सहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग
र सहकार्यको बाटोमा अगाडि बढ्न आह्वान गर्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर
देउवाले शुभकामना दिंदै सबै जातजाती मिलेर एकताको सन्देश प्रवाह गरी
राष्ट्र विकासमा सहकार्य गर्न आह्वाहान गर्नुभएको छ ।