१३ मंसिर, २०७३ । युगाण्डाको रवेनजुरुरु क्षेत्रका राजालाई हिंसा फैलाउन मद्धत गरेको आरोपमा पक्राउ गरिएको छ ।
प्रहरी र राजाको समर्थक बिच भएको भिडन्तमा ५५ जनाको मृत्यु भएको थियो । चाल्र्स वेस्ले मुम्बेरे माथि हिंसा फैलाएको आरोप लगाईएको छ । उनको गृहनगर कासेसेमा मिलिसिया लडाकुले प्रहरी चौकीमा आक्रमण गरेका थिए । सरकारी सुरक्षाबलले राजा मुम्बेरेको दरबारमा छापा मारेर हिरासतमा लिएको थियो । उनी माथि हिसांमा संलग्न लडाकुलाई संरक्षण लिएको आरोप लगाईएको छ ।
तर राजा मुम्बेरेले आफु माथि लगाईएका आरोपको भने खण्डन गर्दै आएका छन् । हिंसाका क्रममा १४ प्रहरी र ४१ लडाकुको मृत्यु भएको बीबीसीले जनाएृको छ । राजा मुम्बेरेको सहयोगी समुहले डेमोक्रेटिक रिपब्लिक अफ कंगोको सीममा नयाँ राष्ट्र बनाउने योजना बनाएको युगाण्डा सरकारले आरोप लगाएको छ ।
No comments:
Post a Comment