१४ मंसिर , २०७३ । चिकित्सा शिक्षा र सेवामा सुधारको माग सहित शुरु भएको डाक्टर गोविन्द केसीको अनसन आज १७ औं दिन पनि जारी छ ।
स्वास्थ्य क्षेत्र सम्बन्धि विभिन्न माग राखेर पटकपटक अनसन बस्नु भएका डाक्टर केसीको दिशौ पटकको यो अनसन अहिलेसम्मकै सबैभन्दा लामो हो । यसअघि ८ औं अनसन १६ दिनमा तोडिएको थियो । पछिल्लो समय डाक्टर केसीको अवस्था गम्भीर बनेको चिकित्सकले बताएका छन् । कमजोरी, रिगंटा लाग्ने, मुटुको चाल अनियमित हुने तथा रक्तचाप पनि तलमाथि हुने समस्या देखिएको छ ।
माग सम्बोधनका लागि भन्दै डाक्टर केसीका प्रतिनिधि र सरकारी पक्षबीच हिजो दोस्रो दिनको वार्ता निश्कर्षमा नै नपुगी सकिएको थियो । पुनस् बस्ने भन्दै सकिएको वार्ताका लागि आजको समय तोकिएको छैन् । राजनीतिक स्तरबाट हुनुपर्ने निर्णय सचिव स्तरको सरकारी टोलीले गर्न नसक्ने भएकाले वार्ताबाट कुनै प्रगति हुन नसकेको केसी पक्षको भनाई छ ।
केसीको मुख्य माग त्रिविका उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओमका डीन डाक्टर केशब प्रसाद सिंहको बर्खास्तीको विषयमा दुई पक्षबीच सहमति हुन सकेको छैन ।
No comments:
Post a Comment