४ मंसिर , २०७३ । विश्व स्वास्थ्य संगठन डब्लु एच ओ ले जिका भाइरसको संक्रमणका कारण लागू गरिएको अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था हटाउने घोषणा गरेको छ ।
जिका भाइरसको संक्रमण व्यापक रुपमा बढेपछि ९ महिनाअघि डब्लु एच ओ ले जिका संक्रमणको नियन्त्रणलाई केन्द्रित गरेर अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको थियो ।
जिका भाइरसको सबै भन्दा बढी संक्रमण भएको ब्राजिलमा मात्रै दुई हजार एक सय भन्दा बढी बालबालिका प्रभावित बनेको डब्लुएचओले जनाएको छ । तत्काल आपतकालिन अवस्था अन्त्यको घोषणा गरिए पनि जिका संक्रमणको जोखिम अझै नटरेको र बिशेष सावधानी अपनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ । जिका भारइसको संक्रमणबाट विश्वका ३० भन्दा बढी देश प्रभावित बनेको डब्लु एच ओ को तथ्याङ्क छ ।
जिका भाइरसको कारण गर्भमा रहेका बालबालिकामा टाउको सानो हुने समस्या देखा पर्ने गरेको छ । सन् १९४७ मा पहिलो पटक युगाण्डामा बाँदरमा फेला परेको जिका सन् १९५४ मा पहिलोपटक नाइजेरियाका मानिसमा पनि देखा परेको थियो । पछिल्लोपटक भने सन् २०१५ मा ब्राजिलबाट सुरु भएको जिकाको संक्रमण विश्वभर महामारीको रुपमा फैलिएको हो ।
No comments:
Post a Comment