४ मंसिर , २०७३ । मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै ५ नम्बर प्रदेश टुक्राउने बिषयमा दलहरुबीच छलफल भईरहेका बेला एमालेले आज बुटवलमा छुट्टै भेला आयोजना गरेको छ ।
५ नम्बर प्रदेशलाई बिभाजन गर्न नहुने अडानमा रहेको एमालेको प्रदेशस्तरीय भेलाको अध्यक्ष केपी शर्मा ओलीले अहिले केहीबेरमा उद्घाटन गर्ने कार्यक्रम छ ।
बांकी ६ वटा प्रदेशमा भेला गरिसकेको एमालेले ५ नम्बर प्रदेशमा हुने कार्यक्रममा भने सवै शीर्ष नेतालाई बोलाएको छ । करिब एकहजारको संख्यामा नेताकार्यकर्ता उपस्थित हुने भेलालाई बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोख्रेल लगायत नेताले सम्बोधन गर्नुहुनेछ ।
संविधान बारे जानकारी दिन भन्दै एक नम्बर प्रदेशबाट सुरु भएको एमालेको भेला आज प्रदेश नम्बर ५ बाट सकिन लागेको हो । संविधान कार्यान्वयन, पार्टीको आगामी रणनीति, समसायीक बिषयमा छलफल हुने प्रदेश नम्बर ५ का संयोजक समेत रहेका उपमहासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो ।
No comments:
Post a Comment