१४ मंसिर , २०७३,एजेन्सी । बोलिभियाबाट ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ८१ जना सवार बिमान कोलम्बियामा दुर्घटनामा परेको छ ।
ब्राजिलियन क्लब चापेकाईन्सीको टोली लिएर उडेको चार्टड हवाई जहाज दुर्घटनामा परेको विमानस्थलका अधिकारीले जनाएका छन् । विमानमा रहेका केही यात्रु भने जिवितै रहेको बताइएको छ । चालक दलका नौ सदस्यसहित ८१ जना बोकेको बिमान पहाडी क्षेत्रमा दुर्घटनामा परेको विविसीले जनाएको छ ।
कोपा सुडामेरिकानाको फाइनल प्रतियोगिताका लागि फुटबल टोली कोलम्बियाको मेडेलिन जाने क्रममा थियो । दक्षिण अमेरिकी क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता मानिने खेलको फाईनलमा ब्राजिलियन टोलीले भोली कोलम्बियाको एथ्लेटिको नाशियोनलसंग प्रतिस्पर्धा गर्ने तालिका थियो । विमानले अन्तिम पटक नियन्त्रण कक्षलाई विद्युतीय खराबी आएको जानकारी गराएको विमानस्थलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
No comments:
Post a Comment