३ मंसिर , २०७३ । व्यवस्थापिका संसदमा अख्तियारका प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विषयमा चौथो दिनको छलफल सकिंदा ५३ जनाले धारणा राखेका छन् ।
आजको बैठकमा १२ जनाले धारणा राखेको संसद सचिवालयले जनाएको छ । सत्ता साझेदार दल नेपाली कंग्रेसले पार्टीगत धारणा तय नगरेपनि कंग्रेसका सांसदले भने महाअभियोग कै प्रस्तावका पक्षमा धारणा राखेका छन् ।
यद्धपी कंग्रेसका मोहन बस्नेत लगायत केही सांसदले भने महाअभियोग प्रस्ताव नै विधिसम्मत दर्ता नभएको टिप्पणी गरेका थिए । गत कात्तिक ३ गते प्रमुख प्रतिपक्षी एमाले र माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका थिए । सो प्रस्ताव माथि कात्तिक ९ गतेदेखि छलफल सुरु भएको थियो ।

No comments:
Post a Comment