१४ मंसिर ,२०७३,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान संशोधन प्रस्ताव भोली संसदमा दर्ता हुने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले आज बेलुकासम्म प्रस्तावको मस्यौदाले अन्तिम रुप पाउने र भोलीसम्म संसदमा दर्ता गर्ने जानकारी गराउनुभएको हो । माओवादी केन्द्रको आज बसेको पोलिट्ब्युरो बैठकमा अहिलेसम्म भएका छलफलबारे जानकारी गराउदै दाहालले कानुन मन्त्रालयले मस्यौदालाइ अन्तिम रुप दिएपछि आजै बेलुका मन्त्रीपरिषद बैठकले पारित गर्ने समेत बताउनुभएको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।
दाहालले प्रस्ताव दर्ता गरेपछि पनि मुख्य दलबीच सहमतिको प्रयास भने जारी राख्ने बताउनुभएको थियो । बैठकमा नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्टयाउने गरी संशोधन प्रस्ताव ल्याउन नहुने धारणा राख्नुभएको थियो । रायमाझीले प्रमुख प्रतिपक्षी र मधेसी मोर्चालाइ विश्वासमा लिएरमात्र संशोधन प्रस्ताव दर्ता गर्न सुझाव समेत दिनुभयो ।
कोटेश्वर स्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा अन्य बिषयमा भने आज छलफल नभएको नेता सापकोटाले बताउनुभयो ।
No comments:
Post a Comment