Monday, November 21, 2016

संविधान संशोधनको विषयमा सहमति जुटेन


६ मङ्सिर २०७३ काठमाडौं -  प्रमुख तीन दलबीच संविधान संशोधनको विषयमा सहमति जुटाउन बसेको बैठक विना निष्कर्ष सकिएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन राष्ट्रहितमा नभएको भनेपछि दलहरुबीच सहमति जुट्न नसकेको हो। एमाले नेताहरुले संशोधन प्रस्तावको औचित्य के भन्दै बैठकमा प्रश्न गरेको एमाले उपाध्यक्ष भीम रावलले बताए। संशोधन प्रस्ताव सदनमा लगे एमालेले विरोध गर्ने रावलले बताए। संविधान संशोधनको विषयमा नभएर निर्वाचन र संविधान कार्यान्वयनको विषयमा छलफल गर्नु पर्ने एमालेको धारणा भएको रावलले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधनमा सहमति जुटाउन शीर्ष नेता बैठकमा जुटेका थिए। बैठक पछि गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार सदनमा ४ बुँदामा संविधान संशोधन प्रस्ताव लैजाने बताए। एमालेले संशोधन प्रस्ताव अस्विकार गरेको बताउँदै उनले  सीमाङकन, नागरिकता, राष्ट्रिय सभा र भाषाको विषयमा आधारित भएर संशोधन प्रस्ताव लैजाने उनले बताए।

बैठक पछि बोल्दै माओवादी केन्द्रका नेता बर्षमान पुनले एमालेले एकाएक कुरा फेरेको आरोप लगाए। संशोधन प्रस्तावमा सहमति जुट्दै थियोु, पुनले भने, आज एमालेले अचानक धारणा फेर्‍यो। प्रस्ताव नै दर्ता गर्न दिन्नौ भन्यो। माओवादीले एमाले र मोर्चासँग फेरी छलफल गर्ने उनले बताए।  

स्रोतका अनुसार माओवादी भाषा, नागरिकता, सीमांकन र राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयमा संविधान संशोधनको तयारी गरिएको छ। मधेसवादी दलले कम्तीमा प्रदेश नम्बर २ र ५ को सीमांकन हेरफेरसहित भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा संशोधन हुनुपर्ने माग गर्दै आएका छन्।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...