१२ मंसिर , २०७३ । सिरियाली सेनाले विद्रोही नियन्त्रित जिल्ला मासाकेन हानानो माथी पुन नियन्त्रण कायम गरेको छ ।
ठुलो संख्यामा बिद्रोही रहेको भनिएको एलेप्पोको मासाकेन हानानोलाई सरकारी सेनाले पुनस् कब्जामा लिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । बिद्रोहीबिरुद्ध गत महिनादेखि जारी कारवाहीका क्रममा आईएसको पकड कमजोर बन्दै गएको दाबी गरिएको छ । २ लाख ७४ हजार भन्दाबढी सर्वसाधरण अझै पनि विद्रोही नियन्त्रीत क्षेत्रमा फसेको हुनसक्ने अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
सेनाको पछिल्लो कारवाहीमा २ सय १२ जनाको मृत्यु भएको बेलायत स्थित मानवअधिकारवादी संस्था सिरियान अब्जरभेटरी फर ह्युमन राईट्सले जनाएको छ । युद्धग्रस्त क्षेत्रमा खाना र औषधिको चरम अभाव रहेको समेत सो संस्थाले उल्लेख गरेको छ । एलेप्पोमाथि पुनस् नियन्त्रण कायम गर्न भैरहेको युद्धका लागी मासाकेन हानानो माथीको जीत महत्पुर्ण भएको सरकारी दावी छ ।
No comments:
Post a Comment