३ मंसिर , २०७३ । जापानी प्रधानमन्त्री सिन्जो आवेले नबनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसंग उच्च आत्मविश्वास रहेको टिप्पणी गर्नुभएको छ ।
अमेरिका भ्रमणमा रहेका प्रधामन्त्री आवेले ट्रम्पसंगको भेटपछि त्यस्तो प्रतिकृया दिनुभएको हो । ट्रम्पको कार्यकालमा दुईमुलुकबीचको सम्वन्ध थप बिश्वसनीय हुने आवेको भनाई थियो ।
न्युयोर्कमा ट्रम्पसंग डेढधण्टा लामो भेटबार्तापछि पत्रकारहरुसंग अवेले भन्नुभयो, ‘सौहार्दपुर्ण बताबरणमा स्पष्ट कुराकानी भयो ।’ ट्रम्पको चुनावी अभियानका क्रममा जपान सहितको अमेरिकी गठवन्धनलाई लिएर शंका उब्जिरहेका वेला ट्रम्प र आवेबीच भेटबार्ता भएको हो ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपल्ट विदेशी मुलुकका सरकार प्रमुखसंग ट्रम्पको भेटबार्ता भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दोस्रो विश्वयुद्धपछि दुईमुलुकवीचको सम्वन्ध सुधार भएसंगै अमेरिकाले जपानको पुर्ननिर्माण र अर्थतन्त्रमा सहयोग गर्दै आएको छ ।
No comments:
Post a Comment