३ मंसिर , २०७३ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
प्युठानमा आज आयोजित कार्यक्रममा उहॉले अहिले संविधान संशोधन भन्दा पनि यसको कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताउनुभयो । बाहिरी शक्तिको आडमा नेपाललाई टुक्रयाउने उद्देश्यले सीमाङ्कन हेरफेर सहितको संशोधनको बिषय आएको भन्दै उहाँले त्यो आफ्नो पार्टीलाई मान्य नहुने उल्लेख गर्नुभयो ।
हिमाल,पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न नसक्ने उहाँको भनाई थियो । संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने भन्दै २०७४ माघसम्ममा निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा पर्ने उहाँले बताउनुभयो ।
No comments:
Post a Comment