२३ मंसिर, २०७३ । सिरियाको एलेप्पोमा मानवीय सहायतका लागि भन्दै बिद्रोहीले पाँचदिने युद्धविराम माग गरेका छन् । चार वर्षदेखि विद्रोही नियन्त्रणमा रहेको पूर्वी अलेप्पोको ७५ प्रतिशत क्षेत्र सरकारी सेनाले आफ्नो नियन्त्रणमा लिएपछि बिद्रोहीहरु पछि हटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यहाँस्थित बिद्रोहीेले एलेप्पोमा फसेका लाखौं सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान दिन सिरियाली सरकारसंग सो आग्रह गरेका हुन् । विद्रोहीले एलेप्पोमा ठूलो संख्यामा सर्वसाधारणहरु खतरामा रहेकोले उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा समस्या समाधानका लागि समर्थन गर्न पनि तयार रहेको बताएका छन् । उनीहरुले राष्ट्रसंघको निगरानीमा पाँचदिने मानवीय युद्धविराम गरी घाइतेलाई आपतकालीन उपचार गरिनुपर्ने, सर्वसाधारणलाई उद्दार गर्नुपर्ने माग गरेका छन् ।
यद्यपी सिरियाका राष्ट्रपति बसर अल असदले एलेप्पोमा युद्धविरामको प्रस्ताव अस्वीकार गर्नुभएको छ । असदले एलेप्पोमाथिको जीत सिरियामा जारी ५ बर्षे गृहयुद्ध अन्त्यको लागि ठूलो कदम हुनसक्ने प्रतिक्रिया दिनुभएको छ । एलेप्पोमा सरकारी नियन्त्रण बलियो बन्दै गर्दा बिद्रोही भने केही कमजोर बनेको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स जनाएको छ ।
No comments:
Post a Comment