१८ मंसिर , २०७३ । वायु प्रदुषण नियन्त्रण गर्ने भन्दै फ्रान्स, स्पेन, मेक्सिको र ग्रीसले सन् २०२५ सम्म डिजेलबाट चल्ने सवारी साधन विस्थापित गरिसक्ने बताएका छन् ।
मेक्सिकोमा भएको वातावरणीय सम्मेलनमा सो चारै देशले सो घोषणा गरेका हुन् । सम्बन्धित मुलुकका अधिकारीले सर्वसाधरणलाई साइकल पैदल अथवा अन्य बैकल्पिक सवारीसाधनको प्रयोग गर्न आग्रह गरेका छन् । बिश्वका ऐतिहासिक शहर फ्रान्सको पेरिस,स्पेनको मड्रिड मेस्किको र ग्रीसको एथेन्समा वास्तविक सुन्दरतामा कमी आउन नदिने योजनाका साथै मानव स्वास्थ्य र पर्यावरण जोगाउनका लागि समेत यो कदम चालिएको सरकारी अधिकारीले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक बर्ष वायु प्रदुषणका कारण मात्र ३० जनाको मृत्यु हुने गरेको छ । जलबायु संकटलाई कम गर्न यो कदम स्वागतयोग्य भएको बिश्लेषण गरिएको छ ।
No comments:
Post a Comment