६ पुस,२०७३ । सभामुख ओनसरी घर्तीले संसदीय गतिरोध अन्त्यका लागि दलहरुबीच पछिल्लो समय जारी छलफल निश्कर्ष उन्मुख भएको बताउनुभएको छ । विहान एक संचार माध्यमसँगको कुराकानीमा यस्तो बताउनु भएको हो ।
निर्वाचनसँग सम्बन्धित विधेयक अगाडि बढाउनेबारे दलहरुबीच कुनै विवाद नरहेपनि संशोधन विधेयकमा कायम विवाद अन्त्यका लागि दलहरु समेत गम्भीर बनेको उहाँको भनाई थियो । गतिरोध अन्त्यका लागि आफुले पहल जारी राखेको बताउदै सभामुख घर्तीले भोली संसद बैठक बस्नु अगावै निकास निस्कने बिश्वास ब्यक्त गर्नुभयो ।
आगामी बर्षको माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने बिषयमा सरकार तथा दलहरुको ध्यानकर्षण गराएको जानकारी दिदै उहाँले त्यसका लागि उपयुक्त वातावरण बनाउन दलहरु एक ठाउँमा उभिनुको बिकल्प नभएको बताउनुभयो । घर्तीले भन्नुभयो– बिगतमा ठूला उपलब्धि हासिल गर्दा दलहरु एक ठाउँमा उभिएको उदाहरण छ । अब पनि राजनीतिक गतिरोध अन्त्यका लागि एक ठाउँमा आउनुको बिकल्प छैन ।
संसदीय गतिरोध अन्त्य गर्दै छलफलमा रहेका निर्वाचनसँग सम्बन्धित तीन वटा विधेयक, अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने सभामुख घर्तीको बिश्वास थियो ।
No comments:
Post a Comment