पुस १, २०७३ । सिरियाको द्वन्द्वग्रस्त क्षेत्र एलेप्पोबाट बालबालिकासहित ३ हजार बढी घाइते तथा गैरसैनिकलाई स्थानान्तरण गरिएको छ ।
गत बुधबार बिद्रोहीले अघि सारेको नयाँ सम्झौता लागू भएसंगै त्यहाँबाट ४० बढी घाइते र बालबालिकासहित ३ हजार बढीलाई अन्यत्र स्थानान्तरण गरिएको अन्तर्राष्ट्रिय रेड क्रसले जनाएको हो । हजारौं सिरियाली विद्रोही तथा तिनका परिवारलाई पनि इड्लिब र एलेप्पो प्रान्तकै अन्य विद्रोही नियन्त्रित क्षेत्रमा स्थानान्तरण गरिदैछ । इन्टरनेशनल कमिटि अफ रेड क्रसले बिद्रोही नियन्त्रित क्षेत्रबाट मानवीय स्थानान्तरण गर्न अझै केही दिन लाग्ने जनाएको छ ।
चार बर्षे गृहयुद्धपछि सरकारी सेनाले एलेप्पोमा विद्रोहीले नियन्त्रणमा लिएका अधिकांश भाग पुनस् कब्जा गरेपछि कमजोर बनेका बिद्रोहीले गत बुधबार नयाँ सम्झौता गरी मानवीय सहायताका लागि तयार भएका थिए । सम्झौताका लागि मध्यस्थता गरेको रुसले, स्थानान्तरण प्रकृया छिटो र प्रभावकारी बनाई घाइते तथा अन्य सबैको सुरक्षाको प्रत्याभुती गराउने र कुनै समस्यामा पर्न नदिइने संयुक्त राष्ट्र संघलाई बताएको छ । राष्ट्रपति बसर अल असदले भने यसलाई महत्वपूर्ण जीतका रुपमा हेरिएको बताएका छन् ।
No comments:
Post a Comment