पोखरा, २३ मंसिर , २०७३ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईमाथि पोखरामा दुब्र्यवहार भएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत संजिव भट्टराईलाई नियन्त्रणमा लिएको छ ।
पार्टी निकट विद्यार्थी संगठनले क्याम्पसहाता भित्र आज बिहान आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनेका पूर्वप्रधानमन्त्री भट्टराईलाई लक्षित गरी संजिवले जुत्ता प्रहार गरेको प्रहरीले जनाएको छ । कालो झण्डा देखाउदै बाबुरामबिरुद्ध नारावाजी गरेका उनलाई इलाका प्रहरी कार्यालय बगरले तत्काल नियन्त्रणमा लिई हिरासतमा राखेको प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो । घटनापछि केहीबेर बिथोलिएको स्वागत कार्यक्रम पुन सञ्चालन भएको थियो ।
No comments:
Post a Comment