Thursday, December 8, 2016

धितोपत्र बोर्डले शेयर कारोबारलाई पारदर्शी बनाउन अनलाई खरिद प्रणाली शुरु गर्ने

२३ मंसिर , २०७३ /   धितोपत्र बोर्डले शेयर कारोबारलाई पारदर्शी बनाउन अनलाई खरिद प्रणाली शुरु गर्ने तयारी गरेको छ ।
काठमाडौंमा आज कार्यक्रम गरी बोर्डले अनलाइनबाट शेयर खरिद गर्न सकिने व्यबस्था समेटिएको निर्देशिका सार्वजनिक गरेको हो । आस्बा नाम दिइएको यो प्रणाली सहितको निर्देशिका आगामी माघ देखि लागु गर्ने बोर्डले जनाएको छ । खरिद प्रक्रिया एकद्वार प्रणालीमा सिमित हुने भएकाले धितोपत्र खरिदमा धेरै ठाउँ जानुपर्ने बाध्यता हट्नेछ । 

आस्बा प्रणाली कार्यान्वयन भएपछि गैर आवसीय नेपालीको शेयर लगानीलाई पनि पुँजी बजारमा भित्राउन सहयोग पुग्ने बोर्डका अध्यक्ष रेबत बहादुर कार्कीले बताउनुभयो । शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन मिल्ने आस्बा प्रणाली कार्यान्वयनको अनुमति हाललाई क र ख वर्गका बैंक तथा वित्तीय संस्थालाई दिने बोर्डले जनाएको छ । आस्बा प्रणाली कार्यान्वयन भएपछि एउटै लगानीकर्ताले धेरैको नाममा सेयर आवेदन दिन पाउने छैनन् भने बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था खातावाला लगानीकर्ताले मात्र प्रयोग गर्नुपर्नेछ  ।

 ५० हजारसम्मको आवेदन भर्नेका लागि १ सय रुपैयाँ दस्तुर लाग्ने छ भने ५० हजार भन्दा बढि शेयर आवेदन भर्ने लगानीकर्ताको हकमा २ सय ५० रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले लिन पाउने व्यबस्था गरिएको छ ।  

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...