पुस १, २०७३ । निजी स्वास्थ्य संस्थाहरुले बिपन्न, असहाय र वेवारिसे नागरिकलाई कुल शैयाको १० प्रतिशत निशुल्क स्वाथ्य सेवा दिने प्रक्रिया आजबाट शुरु गरेका छन् । सरकारले स्वास्थ्य निर्देशिकामा रहेको बिपन्न, असाहय र असक्त बर्गलाई निशुल्क सेवा दिने सम्बन्धी व्यवस्थालाई आजबाट अनिवार्य रुपमा कार्यान्वयन गराउन निर्देशन दिइसकेको छ ।
निशुल्क स्वास्थ्य सेवा लिनका लागि गाविस वा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय र काठमाडांैको हकमा बीर अस्पतालको सिफारिस अनिवार्य चहिनेछ । त्यसरी सिफारिस लिएर आएकाहरुलाई निजी अस्पतालहरुले कुल शैयाको १० प्रतिशत निशुल्क उपलव्ध गराउनेछन् । निशुल्क उपचार सेवा अन्र्तगत बिरामीले चिकित्सकको परामर्श, ल्याव परीक्षण नर्सिङ, शैया अस्पतालमा उपलव्ध डाइग्नोष्टिक र अक्सिजनका लागी पैशा तिर्नुपर्ने छैन ।
स्वास्थ्यमन्त्री गगन थापाले १० प्रतिशत निशुल्कको व्यवस्था कार्यान्वयनमा निजी अस्पतालहरुलाई परिपत्र भइसकेकाले आजदेखी बिपन्न, असक्त र असहाय बिरामीले केही राहत पाउने बताउनुभयो । यद्यपी यो व्यवस्था कार्यान्वयनमा केही जटिलता आउन सक्ने निजी अस्पतालका संचालकहरुले बताएका छन् ।
निजी अस्पतालहरुको छाता संगठन अफिनका बरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारले तोकेका शिर्षकमा निशुल्क गर्दा बिरामी थप गम्भिर भई आइसियूमा जाने अवस्था आए के गर्ने भन्ने स्पष्ट भइनसकेको बताउनुभयो । स्वास्थ्य मन्त्री थापाले तत्काल सरकारले निशुल्क गर्न भनेको शिर्षकमा सेवा दिन आग्रह गर्दै मन्त्रालयले केही दिनमा थप स्पष्ट नीति तय गर्ने बताउनुभयो ।
No comments:
Post a Comment