३० मंसिर , २०७३ । नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अस्विकृत हुने अवस्था आएपनि फिर्ता नहुने दोहोर्याउनुभएको छ ।
प्रमुख तीन दलबीच प्रस्तावलाई निष्क्रिय बनाएर स्थानीय निकाय निर्वाचनमा जाने सैद्धान्तिक सहमति भएको समाचार बाहिर आइरहेका बेला सभापति देउवाको सो भनाई आएको हो । चितवन कांग्रेसको २ महिने जागरण अभियानको आज भरतपुरमा उदघाटन गर्दै उहांले भन्नु भयो, ‘बरु प्रस्ताव फेल होस, फिर्ता हुंदैन । पुर्वप्रधानमन्त्री देउवाले संसद अवरुद्ध गरेर विपक्षी एमालेले संसदीय अभ्यासलाई असहयोग गरेको आरोप लगाउनु भयो । उहांले भन्नुभयो, ‘एमालेले कति दिनसम्म संसद चल्न दिदैन हेरौं ।
संसोधन प्रस्ताव पास गर्न एमालेले सघाउनु पर्छ, असहयोग गरे उसैलाई घाटा पुग्छ ।’ संसोधन प्रस्तावमा अवरोध पुर्याएर एमालेले मधेशी–पहाडी झगडा गराउन खोजेको आरोप देउवाको छ । नागरिक बीच दुरी बढाउनु राष्ट्र बिरोधी कदम भएको भन्दै उहाँले आगामी स्थानीय, प्रान्त र संघीय निर्वाचनमा कांग्रेस एक नम्बरको नभई बहुमतको पार्टी हुनु पर्नेमा जोड दिनु भयो ।
No comments:
Post a Comment