
चीनको इन्स्टिच्युट अफ केयर लाइफ (आईसीएल) सिचुवानले नास्टलाई यो प्रविधि र उपकरण प्रदान गरेको हो । भूकम्पको केन्द्रविन्दु जति नजिक हुन्छ, सेन्सरले त्यति छिटो जानकारी पठाउँछ । नेपालका विभिन्न क्षेत्र पहिचान गरेर सेन्सर जडान गरिने पोखरेलले जानकारी दिएका छन् । भूकम्प गइरहने मुलुकहरु जापान र मेक्सिकोले ७ सेकेण्डदेखि १ मिनेटअघिसम्म ‘अर्ली वार्निङ सिष्टम’ सञ्चालनमा ल्याएका छन् । बताइएको छ । नास्टले हिजो नै खुमलटार कार्यालयमा मुख्य सिष्टम जडान गरेको छ । नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलका अनुसार भूकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो । ‘शुरुमा चिनियाँ सहयोगका ८० सेन्सर राखेर काम शुरु हुनेछ, देशभर राख्न ३२० सेन्सर चाहिन्छ, जुन नास्टले नै किन्नुपर्नेछ ।
No comments:
Post a Comment