८ असार/ अमेरिका महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो । १० खेलाडीमा सिमित भएको कोलम्बिया विरुद्ध अमेरिकाले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियोे । गोलकिपर क्याटलिना पेरेजले फलगरेपछि रातो कार्ड खाँदै बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । दुई पटकको विजेता अमेरिकाका लागि ५३ औं मिनेटमा एलेक्स मोर्गनले गोल गर्दै १–० को अग्रता दिलाइन् । कार्ली लोयडले ६६ औं मिनेटमा पाएको पेनल्टीमा गोल गर्दै अमेरिकालाई २–० को जित दिलाइन् । अमेरिकाले अब क्वाटरफाइनलमा आउँदो शुक्रबार चीनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै आजै सम्मपन्न अर्को खेलमा इङ्गल्याण्डले नर्वेलाई २–१ ले पाखा लगायो । १९९५ पछि पहिलो पटक नर्वेलाई पराजित गर्ने क्रममा इङ्गल्याण्डले पछिपरेको स्थिति उल्टाएको थियो । खेलको ५३ औ मिनेटमा सोल्भेगले गोल गर्दै नर्वेलाई अग्रता दिलाएकी थिइन् । तर खेलको ६१ औं मिनेटमा स्टेभ होग्टनले र ७६ औं मिनेटमा लुसी ब्रोन्जले गोल गरेपछि इङ्गल्याण्डको जित निश्चित भएको थियो । जितपछि इङ्गल्याण्डको उपाधि आसा जिवितै रहेको छ । उ प्रतियोगिताको अन्तिम आठमा प्रबेश गरेको छ । इङ्गल्याण्डले अब अन्तिम चार प्रबेशका लागी आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । आजै अन्तिम आठ प्रवेशका लागी जापानले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । Monday, June 22, 2015
अमेरिका महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा
८ असार/ अमेरिका महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो । १० खेलाडीमा सिमित भएको कोलम्बिया विरुद्ध अमेरिकाले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियोे । गोलकिपर क्याटलिना पेरेजले फलगरेपछि रातो कार्ड खाँदै बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । दुई पटकको विजेता अमेरिकाका लागि ५३ औं मिनेटमा एलेक्स मोर्गनले गोल गर्दै १–० को अग्रता दिलाइन् । कार्ली लोयडले ६६ औं मिनेटमा पाएको पेनल्टीमा गोल गर्दै अमेरिकालाई २–० को जित दिलाइन् । अमेरिकाले अब क्वाटरफाइनलमा आउँदो शुक्रबार चीनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै आजै सम्मपन्न अर्को खेलमा इङ्गल्याण्डले नर्वेलाई २–१ ले पाखा लगायो । १९९५ पछि पहिलो पटक नर्वेलाई पराजित गर्ने क्रममा इङ्गल्याण्डले पछिपरेको स्थिति उल्टाएको थियो । खेलको ५३ औ मिनेटमा सोल्भेगले गोल गर्दै नर्वेलाई अग्रता दिलाएकी थिइन् । तर खेलको ६१ औं मिनेटमा स्टेभ होग्टनले र ७६ औं मिनेटमा लुसी ब्रोन्जले गोल गरेपछि इङ्गल्याण्डको जित निश्चित भएको थियो । जितपछि इङ्गल्याण्डको उपाधि आसा जिवितै रहेको छ । उ प्रतियोगिताको अन्तिम आठमा प्रबेश गरेको छ । इङ्गल्याण्डले अब अन्तिम चार प्रबेशका लागी आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । आजै अन्तिम आठ प्रवेशका लागी जापानले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment