३ असार/ श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक
रोजगारमा जाने कामदारलाई न्युनतम शुल्कमा पठाउने निर्णयबाट आफू पछि नहट्ने बताएका छन् । यो निर्णय वैदेशिक रोजगारीमा जाने कामदारको हितमा भएकाले जस्तोसुकै मूल्य चुकाउन पनि आफू पछि नपर्ने उनले बताएका छन् । उनले भने ‘म जतिसुकै मूल्य चुकाएर भाएपनि यो सिस्टम लागु गराउँछु । तर संघर्ष चाहिँ गर्नुपर्छ ।’ नेपाल र विदेशका कमिसन एजेण्ट, अवैध हुण्डी व्यवसायी र कामदारबाट धेरै पैसा असुलेर रोजगारीमा पठाउने व्यवसायीले यो निर्णयको विरोध गरेको उनलकोे भनाई छ । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री सुशिल कोइरालाले निर्णय तत्काल लागू नगर्न निर्देशन दिएको भन्ने समाचारमा सत्यता नभएको पनि उनले बताए । ‘प्रधानमन्त्री ज्यूले १ सय ९ वटै देशमा लागु गर्नुपर्छ भन्नुभएको छैन् । सातवटा देशमा पहिलेदेखी नै फ्रि भिसा फ्रि, टिकट भएकाले हामीले किन कार्यान्वयन नगर्ने ?’ भनी यो नियम लागु गर्न लागेको हु । विदेशीले विना पैसा कामदार लिने भनि भनेको तर नेपालमा मेनपावर संचालकले ठुलो मुल्य लिनेगरेको खुलासा हुँदाहुँदै म कसरी चुप लागेर बस्न सक्छु , गरिबका छोराछोरीले विना पैसा जान पाउँछन भने म यो नियम किन लागु गर्दिन भनि गुरुङ्गले भनेका छन् । खाडीका ६ र मलेसिया पछि अरु देशमा पनि न्युनतम शुल्कमा कामदार पठाउने प्रक्रिया अघि बढाइने पनि उनले बताए । श्रम तथा रोजगार मन्त्रालयको राज्यमन्त्रीस्तरीय बैठकले गएको जेठ २६ गते खाडीका ६ वटा देश र मलेसिया जाने कामदारलाई न्यूनतम शुल्कमा मात्रै रोजगारीका लागि पठाउने निर्णय गरेको थियो । तर यो निर्णयमा केही वैदेशिक रोजगार व्यवसायीले विरोध जनाएका छन् । यो निर्णयले राज्यमन्त्री गुरुङलाई मात्रै फाइदा पुग्ने भन्दै उनीहरुले प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण समेत गराएका छन् । तर मन्त्री गुरुङले भने कम शुल्कमा कामदार विदेश पठाउने निर्णय कार्यान्वयन गरेरै छाड्ने अडान राखेका छन् । मेनपावर संचालकले तलब अनुसार लागत आँफै तोक्ने र कामदारले तिरेको पैसाको विलभरपाई नदिइ विदेश पठाउने गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...

-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं, २३ मंसिर , २०७३ / राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रि...
-
२७ असोज,काठमाडौं/ सभामुख सुवास नेम्वाङले आज राजीनामा दिने तयारी गरेका छन्। तीन बजे बस्ने व्यवस्थापिका संसदमा सभामुखको निर्वाचनका लागि कार्...
No comments:
Post a Comment