७ असार/ सरकारले
पेश गरेको भूकम्प प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश २०७२
लाई राष्ट्रपति डा. रामबरण यादवले स्विकृत गर्नु भएको छ । राष्ट्रपति कार्यलयले आज जारी
गरेको विज्ञप्तीमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१)
बमोजिम भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश २०७२
प्रमाणिकरण गरेको उल्लेख छ। मन्त्रिपरिषदको हिजो बसेको बैठकले भूकम्पबाट
प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश २०७२ पारित गरेको थियो। सो
अध्यादेश अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परामर्श समिति गठन
हुनेछ। समितिमा प्रधानमन्त्रीले चार मन्त्री र तीन विज्ञलाई सदस्य
तोक्नेछन भने मुख्य सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदेन सदस्य
रहनेछन्।
राष्ट्रिय परामर्श समितिको मातहतमा कार्यकारी अधिकृत नियुक्त गरिने छ।
अध्यादेश पारित भएसँगै दाता सम्मेलन अगाडि नै प्रधानमन्त्रीको अध्यक्षतामा
'राष्ट्रिय पुनर्निमाण प्राधिकरण' गठन हुने भएको छ।
No comments:
Post a Comment