१४ असार/ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मन्त्रीलाई फिर्ता

बोलाउने निर्णय पार्टीले नलिएको स्पष्ट पारेका छन । आज साँझ खनालले अहिले
मन्त्री फिर्ता बोलाउने निर्णय कल्पना भन्दा बाहिरको कुरा भएको बताएका छन् ।
पार्टी अध्यक्षले मन्त्रीलाई बोलाएर सल्लाह, सुझाव र निर्देशन दिन सक्ने
भन्दै पूर्व अध्यक्ष समेत रहेका खनालले सोही विषयलाई लिएर मन्त्री फिर्ता
बोलाउन लाग्यो भन्न नहुने बताए । उनले एमालेले मन्त्री फिर्ता बोलाउने
निर्णय नलिएको र अहिले मन्त्री फिर्ता बोलाउने बेला पनि नभएको तर्क गरे ।
No comments:
Post a Comment