१ असार, काठमाडौं/ तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले उपेन्द्र यादव र अशोक राई मिलेर बनेको संघीय समाजवादी फोरम नेपाल मधेसीको भावनात्मक साझा संगठन हुन नसक्ने बताएका छन् ।
उनले उपेन्द्र यादव र अशोक राईको पार्टी एकता संसदभित्र हुने सत्ताको खेलसँग नजिक हुन मात्र भएको बताए । गुप्ताले भने-‘मैले बुझेको के हो भने यो १५ सभासदको पार्टी बनाउने भन्दा ठूलो केही होइन ।’
उपेन्द्र यादवले पछिल्लो समय फोरम नेपाललाई सत्ताको आशक्ति, गुट सिर्जना र मधेसको मुद्धा परित्यागका साथै निजी भोगविलासका लागि स्रोत साधान जुटाउन माध्यमका रुपमा प्रयोग गरेको गुप्ताको आरोप छ ।
फोरमका पूर्व नेता समेत रहेका उनले भने-‘यद्यपि मधेस आन्दोलनको विरासत एक पार्टी विजित थियो । अब मधेसी जनअधिकार फोरम रहेन ।’
गुप्ताले संविधान बनेपछि मधेसमा बलियो मधेसी पार्टी बनाउने योजना रहेको सुनाए । अहिले पनि उनले मात्रिका यादव, गोपाल ठाकुर लगायतका नेताहरुसँग मिलेर संयुक्त मोर्चाबन्दीको प्रयास गरिरहेका छन् । गुप्ताले भने-‘मधेस केन्द्रीय पार्टी बनाउँदैमा देश कमजोर हुन्छ भन्ने होइन ।’
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...

No comments:
Post a Comment