२ असार/ महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज विहान भएको
खेलमा अमेरिका विजयी भएको छ । प्रतिस्पर्धात्मक भएको खेलमा उसले
नाइजेरियालाई १–० ले पराजित गर्यो । अमेरिकाको
जितमा पहिलो हाफको अन्तिम मिनेटमा वामव्याचले गरेको गोल नै निर्णायक बन्न
पुग्यो । जितसँगै अमेरिका समुह डीको शीर्ष स्थानमा उक्लिएको छ । ३
खेलमा २ जित र एक बराबरी खेलेको उसले ७ अंक जोडेको छ । नाइजेरिया भने
३ खेलमा १ अंकका साथ तालिकाको पुछारमा रहेको छ । यस्तै बुधबार विहान नै
भएको अर्को खेलमा अष्ट्रेलिया र स्वीडेनलले १–१ गोलको बराबरी खेलेका छन्
। खेल सुरु भएको पाँचौ मिनेटमा नै डी भानाको गोल मार्फत अष्ट्रेलियाले
अग्रता लिएको थियो । तर
१५ औं मिनेटमा स्वीडेनकी ज्याकोब्सनले बराबरी गोल फर्काइन् । बराबरीसँगै ३
खेलमा ४ अंक जोडेको अष्ट्रेलिया समुह डी को दोश्रो स्थानमा छ । ३ अंक
मात्र जोडेको स्वीडेन भने तेश्रो स्थानमा रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं, २३ मंसिर , २०७३ / राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रि...
-
२५ साउन/ अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ...
No comments:
Post a Comment