८ असार/ नेपाल पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनका
सहभागीहरु धमाधम काठमाडौ आइपुग्न थालेका छन् । काठमाडौमा पर्सी सुरु हुने सम्मेलनका लागि राष्ट्रसंघले उपमहासचिव र सहायक महासचिवलाई पठाएको छ । छिमेकी भारत र चीनले विदेश मन्त्रीहरु पठाउने भएका छन । नर्वे, जापान, भुटान, बंगलादेश र श्रीलंकाबाट पनि मन्त्रीस्तरको सहभागिता रहनेछ । युरोपेली युनियनले उच्चायुक्त पठाउने छ । एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्षले सहभागिता जनाउने निश्चित भइसकेको छ । अल्पविकसित मुलुक हेर्ने उपमहासचिव ज्ञानचन्द्र आचार्य र एसिया प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघका सहायक महासचिव हालोलिङ सु हिजो नै काठमाडौं आइपुगेका हुन् । भारतबाट विदेशमन्त्री सुश्मा स्वराज र चीनबाट विदेशमन्त्री वाङ यीले दुई दिने नेपाल भ्रमण गर्ने टुंगो लागेको परराष्ट्र अधिकारीले बताएका छन् । भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन हुने सम्मेलनमा उनीहरुसहित सात मुलुकको मन्त्रिस्तरीय सहभागिता रहनेछ । बङगलादेशका अर्थमन्त्री अबुलमाल अब्दुल महिथ, भुटानका अर्थमन्त्री नाम्गे दोर्जी, नर्वेका अन्तर्रा्ष्ट्रिय विकास मन्त्री हेक्की होलाम्स र श्रीलंकाका ए एच एम फोवइसे सहभागी हुने छन् ।
यसैबीच, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हिजो काठमाडौंस्थित सबै राजदूतलाई छुट्टाछुट्टै समुहमा भेटेका छन् । भेटमा नेपाललाई गर्ने सहयोग र सहकार्यका साथै सम्मेलन तयारीबारे छलफल भएको थियो । मन्त्री पाण्डेले दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, खाडी मुलुक र अमेरिकी तथा यूरोपेली मुलुकका राजदूतलाई भेटेका हुन् । भेटमा भारतीय राजदूत भने उपस्थित भएनन् । महाविपत्तिबाट भौतिक संरचनामा पुगेको क्षतिलाई पूर्ववत अवस्थामा फर्काउन आफ्नै साधन स्रोतले सम्भव नहुने भएपछि अन्तर्रा्ष्ट्रिय सम्मेलन गर्नु परेको सरकारको भनाइ छ । यो दाता सम्मेलन नभएको पनि सरकारले स्पष्ट पारेको छ । सरकारले अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा सम्मेलन तयारी समिति बनाएको थियो । द्विपक्षीय दाता अस्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, डेनमार्क, संयुक्त अधिराज्य, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इजरायल, जापान, विकासका लागि साउदी कोष, स्विडेन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, अमेरिका, पोल्यान्ड, भारत, न्युजिल्यान्डले सहभागिताको निश्चित गरिसकेका छन् । मलेसिया, कतार, अफगानिस्तान, क्यानाडा, चेक रिपब्लिक, इन्डोनेसिया, अरब आर्थिक विकासका लागि कुवेती कोष, लग्जेम्बर्ग, माल्दिभ्स, पाकिस्तान, रुस, स्पेन, टर्की, युनाइटेड अरब इमिरेट्स लगायतका द्विपक्षीय मुलुकको सहभागिता भने आजसम्म निश्चित हुने परराष्ट्रले जानकारी दिएको छ ।

No comments:
Post a Comment