७ असार/ फ्रान्स महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दक्षिण कोरियालाई ३–० ले पराजित गर्दै फ्रान्सले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । फ्रान्सले खेलको चौंथो मिनेट मै मेरी लोरे डेलाईको गोल बाट अग्रता लिएको थियो । आठौं मिनेटमा एलेडी थोमेसले गोल गर्दै अग्रता दोब्बर पारीन् । फ्रान्सको दबदबा रहेको खेलमा ४७ औं मिनेटमा डेलाइले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाइन् । त्यसपछि पनि फ्रान्सले गोल गर्ने प्रयत्न भने गरेको थियो । तर थप गोल भने हुन सकेन् । अब फ्रान्सले अन्तिम चार प्रबेशका लागी जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै गएराति नै सम्पन्न खेलमा जित हात पार्दै अस्ट्रेलिया पनि प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ उसले ब्राजिललाई एक शुन्यले पराजित गरेको हो । पहिलो हाफ सम्म गोल रहित बराबरी खेलेको ब्राजिलले ८० औं मिनेटमा अस्ट्रेलियाकी साइमनको प्रहारलाई रोक्न नसक्दा पराजय भोग्नु परेको थियो । अब अस्ट्रेलियाले भोलि हुने जापान र नेदरल्याण्डसबीचको खेलको विजेतासँग अन्तिम चार प्रवेशको लागी प्रतिस्पर्धा गर्नेछ ।Sunday, June 21, 2015
फ्रान्स महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा
७ असार/ फ्रान्स महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दक्षिण कोरियालाई ३–० ले पराजित गर्दै फ्रान्सले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । फ्रान्सले खेलको चौंथो मिनेट मै मेरी लोरे डेलाईको गोल बाट अग्रता लिएको थियो । आठौं मिनेटमा एलेडी थोमेसले गोल गर्दै अग्रता दोब्बर पारीन् । फ्रान्सको दबदबा रहेको खेलमा ४७ औं मिनेटमा डेलाइले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाइन् । त्यसपछि पनि फ्रान्सले गोल गर्ने प्रयत्न भने गरेको थियो । तर थप गोल भने हुन सकेन् । अब फ्रान्सले अन्तिम चार प्रबेशका लागी जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै गएराति नै सम्पन्न खेलमा जित हात पार्दै अस्ट्रेलिया पनि प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ उसले ब्राजिललाई एक शुन्यले पराजित गरेको हो । पहिलो हाफ सम्म गोल रहित बराबरी खेलेको ब्राजिलले ८० औं मिनेटमा अस्ट्रेलियाकी साइमनको प्रहारलाई रोक्न नसक्दा पराजय भोग्नु परेको थियो । अब अस्ट्रेलियाले भोलि हुने जापान र नेदरल्याण्डसबीचको खेलको विजेतासँग अन्तिम चार प्रवेशको लागी प्रतिस्पर्धा गर्नेछ ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment