४ असार,काठमाडौं/ गत जेठ २५ गते १६ बूँदे सहमति गरेर
संविधानका विवादित विषयलाई टुंगोमा र्पुयाएको दाबी गरेका ४ प्रमुख दलहरुवीच संविधानका अन्तरवस्तुमा फेरि विवाद चर्किएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुले एक अर्कामाथि १६ बुँदे सहमति तोड्न खोजेको आरोप लगाएका छन् । जेठ २५ को १६ बूँदे सहमतिपछि डा.बाबुराम भट्टराई नेतृत्वको राजनीतिक सम्वाद तथा सहमति समितिले दुई दिन लगाएर सहमतिको प्रतिवेदन संविधान सभालाई बुझाएको थियो । संविधानसभाले सो प्रतिवेदन कृष्णप्रसाद सिटौला नेतृत्वको संविधान मस्यौदा समितिलाई पठाएपछि अहिले मस्यौदा समितिमा चारदलवीच रस्साकस्सी चलिरहेको छ । ‘संवाद समितिले विवाद समाधान नगरी प्रतिवेदन पठाएजस्तै भएको छ । एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले भने,‘अहिले मस्यौदा समितिमा संविधानको अन्तरवस्तुबारे चर्को विवाद देखिएको छ ।
No comments:
Post a Comment