Monday, June 22, 2015

प्रधानन्यायाधीश साहद्धारा विवादास्पद निर्णय

८ असार/   प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले कार्यकाल सकिने
बेला केही न्यायाधीशको काज सरुवाको विवादास्पद निर्णय गरेका छन्। नयाँ प्रधानन्यायाधीश सिफारिस भइसकेको अवस्थामा साहले एकल निर्णयबाट जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशको काज सरुवा गरेका हुन्। नयाँ प्रधानन्यायाधीशको सिफारिस भइसकेको अवस्थामा प्रधानन्यायाधीशले न्यायाधीशको काज सरुवा गर्ने चलन छैन। आफू बिदामा बस्नुपर्ने समयमा न्यायाधीश सरुवा गर्नु नैतिक रूपमा नमिल्ने पूर्व प्रधानन्यायाधीशहरूले टिप्पणी गरेका छन्। अन्तिम समयमा सरुवा गर्दा नियमसंगतभन्दा पनि आफ्ना मान्छेलाई सुगम स्थानमा पठाउने चलखेलको रूपमा अर्थ लाग्ने उनीहरूले बताएका छन् ।’न्यायाधीशहरूको काज सरुवा गर्ने अधिकार प्रधानन्यायाधीशकै भए पनि कुन समयमा गरिएको हो भन्नेले अर्थ राख्छ,’ एक पूर्व न्यायाधीशले बताए, ’अवकाश पाउन दुई साता पनि नभएको अवस्थामा साहले सरुवा गरेर गलत परम्परा बसाउन खोजेका छन्।’ साहले आगामी असार २३ गते अवकाश पाउँदैछन्। त्यसपछिका प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठलाई संवैधानिक परिषदले सिफारिस गरी संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी गरेको छ । प्रधानन्यायाधीश साहले पुनरावेदनअन्तर्गत न्यायाधीश शम्भुबहादुर खड्कालाई तुलसीपुरबाट पाटन, माधव पोखरेललाई विराटनगरबाट पोखरा, प्रेमराज कार्कीलाई पोखराबाट बुटवल, वीरेन्द्रकुमार कर्णलाई बुटवलबाट विराटनगर, थीरबहादुर कार्कीलाई पाटनबाट तुलसीपुर र न्यायाधीश किशोर सिलवाललाई विराटनगरबाट पाटनमा काज सरुवा गरेका हुन्। पछिल्ला केही दिनमा साहले दैनिक रूपमा काज सरुवा गरिरहेको प्रधानन्यायाधीशको निजी सचिवालयले जनाएको छ । साहले मंगलबार ११ र बिहीबार २४ जना न्यायाधीशको काज सरुवा गरेका थिए। उनले हिजो थप १६ जनालाई काजमा खटाउने निर्णय गरेका छन्। शाहाले १२ जना जिल्ला र ४ जना पुनरावेदन न्यायाधीशलाई काजमा अन्य स्थानमा पठाउने निर्णय गरेका हुन्। साहको निर्णयबाट जिल्ला न्यायाधीशहरू ठाकुर शर्माको दोलखाबाट धादिङ, रमेशराज पोखरेलको धादिङबाट काठमाडौं, बालमुकुन्द दवाडीको काठमाडौंबाट कास्की, जगतनारायण प्रधानको लमजुङबाट सिरहा र उपेन्द्र गौतमको रोल्पाबाट लमजुङ जिल्ला अदालतमा काज सरुवा भएको छ ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...