Wednesday, June 17, 2015

डाक्टर कोचर दम्पतीको पहिरोमा परि मृत्यु

२ असार/  पाल्पा-बुटवल सडक खण्ड अन्तर्गत पाल्पाको दोभाने गाविसस्थित माथिल्लो सिद्धबाबामा बुधबार गएको पहिरोमा दुई चिकित्सकको मृत्यु भएको छ । पाल्पाबाट बुटबल तर्फ गुडिरहेको लु १ च २७० नम्बरको भ्यान पहिरोले पुरिंदा लुम्बिनी मेडिकल कलेज तानसेनकी प्रोफेसर डा यशोदा कोचर र उनका श्रीमान् डा.तरुणदीप सिंह कोचरको मृत्यु भएको अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले जानकारी दिए । यशोदा स्त्रीरोग विशेषज्ञ र एसटीडी आँखारोग विशेषज्ञ हुन् । दुवै भारतीय नागरिक हुन् ।  
                                                        
                               डा.तरुणदीप सिंह कोचर र प्रोफेसर डा यशोदा कोचर

दुर्घटनामा रौतहटका छाला रोग विशेषज्ञ डा. जर्नेल मिकरानी  र सिन्धुलीका प्रेरित देवकोटा घाइते भएका हुन् । उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । एसएसपी केसीका अनुसार उक्त सडक खण्ड मर्मतकोक्रममा रहेकाले एकतर्फी बनाइएको थियो । ‘बाटो साँघुरो भएकाले गाडी बिस्तारै हिंड्ने गरेको थियो,’ उनल ईकान्तिपुरसित भने, ‘त्यहिबेला सुख्खा पहिरो खसेर गाडी पुर्‍यो ।’ पहिरोले अबरुद्ध बाटो खुलाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...