१३ असार/ जापान र इङ्गल्याण्ड महिला विश्वकप फुटबल प्रतियोगिताको
सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत आज विहान भएको खेलमा जापानले अष्ट्रेलियालाई १–० ले पराजित गर्यो । प्रतिष्पर्धात्मक खेलमा जापानका लागि खेल सकिन ३ मिनेट बाँकी छँदा वाबुचीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको ओमन अफ द म्याच जापनकी उसुजी घोषित भइन् । त्यस्तै इंग्ल्याण्डले पनि आजै भएको खेलमा आयोजक राष्ट्र क्यानडालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेल सुरु भएको १४ मिनेटमानै २–० को अग्रता लिएको इग्ल्याण्डले त्यसपछि भने केहि कमजोर खेल प्रदर्शन गरेको थियो । पहिलो हाफको ११ औं मिनेटमा टेलरले गोल गर्दै इङलिस टोलीलाई अग्रता दिलाइन, पहिलो गोलको ३ मिनेट पनि बित्न नपाउँदै

No comments:
Post a Comment