
यसैक्रममा बरिष्ठ पत्रकार एवं नागरिक अगुवा कनकमणि दीक्षितले समेत एम्नेस्टीको भूमिकामाथि प्रश्न उठाएका छन् । ‘एम्नेस्टीले अनसनकै क्रममा मृत्यु भएका नन्द प्रसाद अधिकारीको विषयमा कुनै सम्झन लायक भूमिका निर्वाह गरेको मैले व्यक्तिगत रुपमा देखेको छैन,’ पत्रकार दीक्षितले सामाजिक सञ्जालमार्फत् एम्नेस्टीलाई प्रश्न गरेका छन , ‘अब एम्नेष्टीले हामीलाई भनोस, गंगामायाले न्यायका लागि गरेको संघर्षका बारेमा उसको पोजिसन के हो ? किनकि गंगामायाले ट्रमा सेन्टरमा पुनः आमरण अनसन सुरु गरेकी छिन् ।’ दीक्षितले भनेका छन ‘नन्दप्रसाद अधिकारीको ३ सय ३३ दिने आमरण अनसनको क्रममा एम्नेस्टीले गरेको काम भन्नु नै माओवादीद्वारा मारिएका छोरा कृष्णप्रसादको हत्याको विषयमा न्याय माग्दै संघर्षरत नन्द प्रसादलाई न्याय दिन माग गर्नु र नन्द प्रसादको न्यायको लडाइँमा पूर्ण साथ दिने प्रतिबद्धता जनाउँदै निजलाई आमरण अनसन रोक्न आग्रह गरे ।’एमनेस्टी इन्टरनेशनलले हिजो मात्रै प्रेस वक्तव्य जारी गरेर आफूले नन्दप्रसाद अधिकारीको पक्षमा आवाज उठाउँदै आएको जिकिर गरेको थियो । एम्नेस्टीको जिकिरलाई दीक्षितले आलोचना गर्दै ट्रमा सेन्टरमा गंगामायाको अनसनबारे धारणा मागेका हुन् ।
No comments:
Post a Comment