३ असार/ कोपा अमेरिका फुटबलमा ब्राजिल कोलम्बियासँग पराजित भएको छ ।
प्रतिस्पर्धात्मक खेलमा ब्राजिल एक शुन्यले पराजित भएको हो ।
समुह
सी अन्तर्गतको खेलको ३६ औं मिनेटमा जेसन मुरिल्लोले गरेको गोल नै निर्णायक
बन्न पुग्यो । पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोश्रो हाफमा गोलका
केही मौका बनाएपनि गोल गर्न सकेन् । हारपछि
समुह सी मा रहेको ब्राजिल भेनेजुएलासँग समान ३ अंक भएपनि अंक तालिकाको
तेश्रो स्थानमा झरेको छ । ब्राजिलले पहिलो खेलमा पेरुलाई २–१ ले हराएको
थियो । खेल सकिएपछि विपक्षी खेलाडीसँग झगडा गरेका ब्राजिलियन स्टार नेइमरले रेड कार्ड पाएका छन् । कोपा अमेरिकी फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा कोलम्बियन खेलाडीसँग खेल सकिएपछि झगडा गरेका नेइमरलाई रेफ्रीले रेड कार्ड दिएका हुन् । अब नेइमरले समुह चरणको अन्तिम खेल खेल्न नपाउने भएका छन् । तनावपूर्ण भएको खेलमा नेइमरले खेल समयमा समेत पहेंलो कार्ड पाएका थिए ।
No comments:
Post a Comment