
यसअघि तय भएको कार्य तालिका अनुसार भोलि मस्यौदा समितिको पूर्ण बैठक बस्ने छ भने ५ गतेसम्म सबै प्रतिवेदनमाथि छलफल भइसक्नुपर्नेछ । छलफलमा आएका धारणलाई समेत मिलाउँदै असार ७ गतेसम्म एकीकृत मस्यौदा बनाउने कार्यतालिका छ । समितिले असार १० गते संविधानसभा सचिवालयलाई मस्यौदा तयार गर्ने जिम्मा दिएपछि दुई दिनभित्र सचिवालयले नेपालको नयाँ संविधानको पहिलो मस्यौदा तयार गर्नेछ । यस हिसाबले असार १३ भित्र संविधानसभा बैठक बसेर पहिलो मस्यौदामाथि छलफल शुरु हुनेछ । संविधानसभामा सर्वसम्मत नहुने प्रष्ट भइसकेको छ । बहुमतले संविधानको प्रारम्भिक मस्यौदा पारित गरेपछि जनमतका लागि छोटो बाटो अपनाउने संविधानसभा अध्यक्ष सुवास नेम्वाङको तयारी छ । यसैमा दलहरुबीच फेरि कुरा बाझिने सम्भावना छ । कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले संविधानको मस्यौदामा जनताले छलफल गर्ने पर्याप्त समय पाउनुपर्ने बताएका छन् । उनको यो भनाइ प्रधानमन्त्री सुशील कोइरालासँग छललफलपछि आएको हो । ढुंगानाले भने जनताको राय त लिनै पर्छ, सकेसम्म छोटो बाटो लिने भनिएको छ, यसको अर्थ असार मसान्तभित्र संविधान जारी गर्नका लागि प्रक्रियाहरु नै छाड्ने भन्ने होइन । एमाले नेता सुरेन्द्र पाण्डेले भने यसअघि भएको सहमति अनुसार नै असार मसान्तभित्र संविधान जारी हुने बताए । पाण्डेले भने एक दुई दिन अघि पछि होला तर, कांग्रेसले नियतवश प्रक्रिया लम्ब्याउन खोज्छ जस्तो लाग्दैन । एमाले र एमाओवादीले कांग्रेसको कोइराला पक्ष महाधिवेशनलाई लक्षित गरेर सरकार लम्ब्याउनका लागि संविधान निर्माणको फास्ट ट्र्याक प्रक्रियालाई पनि लम्ब्याउन लागेको आशंका गरेका छन् ।
No comments:
Post a Comment