२ असार/ प्रधानमन्त्री सुशील कोइरालाले आफू धर्म निरपेक्षताको पक्षमा नभइ धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। चर्चित योगी पाइलट बाबासँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् । उनले ८५ प्रतिशत हिन्दू जनसंख्या भएको मुलुकमा धार्मिक स्वतन्त्रतासहित हिन्दू धर्मको रक्षा गरिने बताए। भेटमा पाइलटबाबाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गल्ती गरेको टिप्पणी गरेका थिए। उनले यसलाई सुधार्न सके प्रधानमन्त्री कोइराला अमर हुने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ। पाइलट बाबाले नेपालका भूकम्पपीडित र वीर अस्पतालको आइसियू कक्ष मर्मतका लागि भन्दै प्रधानमन्त्री राहत कोषमा १ करोड २ लाख रुपैँया आफ्नो तर्फबाट हस्तान्तरण गरेका छन्। Tuesday, June 16, 2015
आँफु धर्म निरपेक्षताको पक्षमा नरहेको कोइरालाको भनाई
२ असार/ प्रधानमन्त्री सुशील कोइरालाले आफू धर्म निरपेक्षताको पक्षमा नभइ धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। चर्चित योगी पाइलट बाबासँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् । उनले ८५ प्रतिशत हिन्दू जनसंख्या भएको मुलुकमा धार्मिक स्वतन्त्रतासहित हिन्दू धर्मको रक्षा गरिने बताए। भेटमा पाइलटबाबाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गल्ती गरेको टिप्पणी गरेका थिए। उनले यसलाई सुधार्न सके प्रधानमन्त्री कोइराला अमर हुने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ। पाइलट बाबाले नेपालका भूकम्पपीडित र वीर अस्पतालको आइसियू कक्ष मर्मतका लागि भन्दै प्रधानमन्त्री राहत कोषमा १ करोड २ लाख रुपैँया आफ्नो तर्फबाट हस्तान्तरण गरेका छन्।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment