३१ असार, २०७३ / ब्यवस्थापिका संसद बैठक कार्यसूचीमा प्रवेश गराउने विषयमा सभामुख ओनसरी घर्तीले अहिले ठुला दलका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएको छ । संसद भवन नयाँ बानेश्वरमा घर्तीले नेपाली कंग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गर्नुभएको हो । प्रमुख प्रतिपक्षी कंग्रेस र सरकारबाट बाहिरिएको माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिएसम्म आर्थिक विधेयक पारित हुन नदिने बताएपछि सभामुखले सहमतिको प्रयास गर्नुभएको हो ।
यसअघि सभामुख घर्तीले अर्थमन्त्री विष्णु पौडेलसँग पनि छलफल गर्नुभएको थियो । छलफलका क्रममा मन्त्री पौडेलले बजेटसँग सम्बन्धित विधेयक यसअघि नै कार्यसूचिमा प्रवेश गरिसकेकाले पारित गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको सभामुखको निजि सचिवालयले जनाएको छ ।
यस्तै मन्त्री पौडेलले माओावादी पनि सरकारबाट बाहिरिने र सभामुखले पनि विधेयक पास गराउन तदारुकता नदेखाउँदा समस्या हुने बताउनुभएको थियो । संसदले विनियोजन विधेयक पारित गरेपनि बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक भने पारित हुन बाँकी छ ।
No comments:
Post a Comment