२३ असार,काठमाडौं, २०७३ / चीनसँग जोडिएको कोरला नाकाको अवलोकन गर्न पुगेका तीन उपप्रधानमन्त्रीहरुले सीमानाको सुरक्षाका लागि तुरुन्तै सुरक्षा निकायका व्यारेक राख्न सरकारले तयारी थाल्ने बताएका छन् । उपप्रधामन्त्रीत्रय बिजयकुमार गच्छदार, भीम रावल र टोपबहादुर रायमाझीले सीमा क्षेत्रको भ्रमण गर्दै तुरुन्तै कोरला क्षेत्रमा सेनाको ब्यारेक र सीमा सुरक्षा बल राख्न सरकारले तयारी थाल्ने बताएका छन् ।
भ्रमण सकेर जोमसोममा आयोजित पत्रकार भेटघाटमा उपप्रधान तथा रक्षामन्त्री रावलले भन्नुभयो–जग्गा नापजांच भइसकेको रहेछ, ’अब हजार रोपनी क्षेत्रफलमा सेनाको ब्यारेक बस्नेछ । सरकारले कोरला नाका खोल्न उच्च प्राथमिकता दिएको बताउंदै उहाँले सुरक्षाका अंगहरु सिमानामा बसेपछि नाकामा नेपालीहरुको गतिबिधी बढ्ने बताउनुभयो । मन्त्रालयसंग ब्यारेक राख्ने खर्चका बिषयमा रक्षाले प्रस्ताव राख्ने र सैनिक जंगी अड्डा मार्फत ब्यारेक निर्माणको थालनी हुने, अर्को तर्फ सिमाना सुरक्षाको अधिकार पाएको बिओपी राख्न गृहमन्त्रालयसंग समन्वय गरेर सरकारले तुरुन्त काम शुरु गर्ने उहाँको भनाई थियो ।
उपप्रधान तथा भौतिक योजनामन्त्री गच्छदारले पोखरादेखि कोरलासम्म सडक निर्माणका लागि सरकारले ४ अर्ब रकम बिनियोजन गरिसकेको बताउनुभयो । तातोपानी, केरुङपछि कोरला नाका खोल्न सरकारले चीनसंग छिट्टै बार्ता गर्ने र त्यसका लागि सरकारले कोरला जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।
सरकारका तीन उपप्रधानमन्त्री सहितको टोलीले आज चीनसंग जोडिएको कोरला सिमानाको अबलोकन गरेको छ । टोलीमा पुर्बप्रधानमन्त्री माधबकुमार नेपाल, अर्थराज्यमन्त्री दामोदर भण्डारी, रक्षासचिब महेशप्रसाद दाहाल लगायत सम्बन्धित मन्त्रालयका अधिकारीहरु सहभागी छन् ।
No comments:
Post a Comment