Thursday, July 7, 2016

जर्मनीलाई पराजित गर्दै फ्रान्स युरोकपको उपाधि नजिक

२४ असार , २०७३ / बिश्वबिजेता जर्मनीलाई पाखा लगाउँदै आयोजक फ्रान्स युरोकप फुटबलको उपाधि नजिक पुगेको छ । आज बिहान सम्पन्न दोश्रो सेमिफाईनलमा बिश्वबिजेता जर्मनीलाई २–० को हार चखाउँदै आयोजक फ्रान्स प्रतियोगीताको अन्तिम दुई प्रबेश गरेको हो । ठुला प्रतियोगीतामा फ्रान्सले सन् १९५८ यता जर्मनीलाई हराएको यो पहिलो पटक हो ।  
फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । पहिलो हाफको ईन्ज्युरी समयमा ग्रीजम्यानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सका लागि खाता खोलेका थिए । जर्मनीका कप्तान बाष्टिएन स्वाईन्स टाईगरले डिबक्समा हेण्ड गरेपछि पाएको पेनाल्टीको अबसरलाई ग्रीजम्यानले सदुपयोग गरेका थिए ।  
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको फ्रान्सका लागी खेलको ७२ औ मिनेटमा ग्रीजम्यानले दोश्रो गोल गरे । जारी प्रतियोगीतामा उनले ६ गोल गर्दैै सर्बाधिक गोलकर्ताको सुचीको शिर्ष स्थानमा छन् ।
६८ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि जर्मनी प्रतियोगितामा अघि बढ्न भने सकेन । उसका ५ प्रहार फ्रान्सका गोलरक्षक हुगो लौरिसले बचाएका थिए । 
उपाधिका लागि फ्रान्सले पर्सि आइतवार पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल यस अघिनै वेल्समाथी २–० कै जित निकाल्दै अन्तिम दुई प्रबेश गरिसकेको छ। उपाधि भिडन्त पेरिसस्थित स्टेड डि फ्रान्समा हुनेछ ।  


No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...