३१ असार, २०७३ / नेकपा माओवादी केन्द्रले संसदबाट सरकार विरुद्धको अविश्वासको प्रस्ताव पारित नभएसम्म बजेटसँग सम्बन्धित विधेयकमाथि छलफल हुन नदिने भएको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको केन्द्रीय बैठकले बजेटसँग सम्वन्धित विधेयक पारित गर्न नदिने निर्णय गरेको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेकाले बजेट पारित हुन नदिने निर्णय भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । बैठकमा केही नेताले आफै सहभागी सरकारले ल्याएको बजेट पारित गर्न दिनु पर्ने भन्दै बजेटसँग सम्बन्धित विधेयकलाई रोक्न नहुने तर्क गरेका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस र सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले केही साना दलको समर्थनमा अस्ति बुधबार संसदमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
No comments:
Post a Comment