Monday, July 18, 2016

संसदीय मान्यता अनुसार बैठक सञ्चालन गर्न सभामुखलाई ओलीको आग्रह

४ श्रावण, २०७३ /  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मान्यताअनुसार बैठक सञ्चालन गर्न सभामुख ओनसरी घर्तीलाई आग्रह गर्नुभएको छ । बजेटसँग सम्बन्धित विधेयक पारितको प्रमुख एजेण्डा भएपनि गत शुक्रवारका लागि बोलाएको संसद बैठक सूचना टासेर पर्सि बिहीवारसम्मका लागि लागि भएको थियो । 


सरकारसँग छलफल नै नगरी सभामुख घर्तीले संसद बैठक स्थगित गरेको आरोप लागेपछि प्रधानमन्त्री ओलीले संसदीय अभ्यास भन्दा बाहिर नजान सभामुख घर्तीको ध्यानाकर्षण गराउनुभएको हो । संसद सचिवालयले पर्सि बिहीवारबाट तीन दिन सरकारबिरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि तय गरिसकेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष समेत रहेका ओलीले बजेटसँग सम्बन्धित सम्पूर्ण विधेयक पारित गर्न सभामुखलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।  जवाफमा सभामुख घर्तीले अन्य दलका शीर्ष नेताहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने बताउनुभएको थियो । 

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...