असार २८, २०७३-
- अविश्वासको प्रस्ताव सामना
- आँफैले विश्वासको मत लिने
- पदबाट राजिनामा
सत्ताको प्रमख घटक माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सामू अब प्रमुख ३ विकल्प छन् । पहिलो, व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्तावको सामना हो । ओली अहिले त्यसैको तयारीमा रहेको निकटस्थहरुले जानकारी दिएका छन् ।
संविधानको धारा २९८ को उपधारा १३ मा व्यवस्थापिका संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्यले प्रधानमन्त्री उपर संसदको विश्वास छैन भनी लिखित रुपमा अविश्वास्वसको प्रस्ताव पेस गर्न सक्नेछन् भन्ने उल्लेख छ ।
दोस्रो विकल्प सोही धाराको उपधारा १२ बमोजिम विश्वासको मत लिने हो, जुन प्रस्ताव आँफै पेस गर्ने मुडमा ओली छैनन् । ‘बरु फेस गर्छु । राम्रो काम गर्दागर्दै माओवादीले समर्थन फिर्ता लिन्छ भन्दैमा संसदबाट भाग्ने कुरा आउँदैन’, प्रधानमन्त्रीले निकटस्थ मन्त्रीहरुलाई मंगलबार दिउँसो सिंहदरबारमा बोलाएर भनेका थिए ।
उपधारा १२ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि संसदको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासका मतका लागि संसदसमक्ष प्रस्ताव राख्न सक्ने उल्लेख छ ।
संविधानले दिएको तेस्रो विकल्प पदबाट राजिनामा हो । अविश्वासको प्रस्ताव फेस गर्ने तयारी भएकाले तेस्रो विकल्पमा उनी देखिँदैनन् । दोस्रो विकल्पको प्रावधान नयाँ संविधानले पहिलोपटक राखेको हो । यद्यपी प्रधानमन्त्री भने विपक्षी दलका सांसदहरुले संसदमा हस्ताक्षरसहित निवेदन दिएपछि त्यसलाई सामना गर्ने तयारीमा पुगेका हुन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने, आफ्ना तर्फका मन्त्रीहरु फिर्ता गर्ने माओवादी निर्णय पछि प्रधानमन्त्री कार्यालय संवैधानिक र कानुनी तयारीमा जुटेको छ ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, निवर्तमान सभामुख एवं एमाले उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री अग्नी खरेल, महान्यायाधीवक्ता हरि फुयाँलसहित बसेर ओली अनौपचारिक छलफलमा गरिरहेका छन् ।
http://bit.ly/29MPYxs
No comments:
Post a Comment