२१ असार,२०७३ / आज विहान आएको पहिरोले प्युठानमा घर पुरिँदा एकै परिवारका पाँचजनासहित ८ जनाको मृत्यु भएको छ।
पहिरोले घर पुरिँदा रजवारा–३ नेटाका दुर्गाबहादुर मल्लका एकै परिवारका पाँचजना र पूजा गाविस–३ का हुमबहादुर सुनारका परिवारका तीन जना गरी आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख किशोर राठौरले जानकारी दिए।
बिहान घरभित्र सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुरिएको थियो। पहिरोमा पुरिएर रजवारा –३ नेटाका ४१ वर्षीय दुर्गाबहादुर मल्ल, उनकी श्रीमती ३७ वर्षीया सीता मल्ला, छोरीहरु १० वर्षीया सुशीला मल्ल, चार वर्षीया सिर्जना मल्ल र २ वर्षीया लेखा मल्लको मृत्यु भएको राठौरले बताए।

यसैवीच प्युठानकै पूजा गाविस –३ मा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पहिरोले स्थानीय हुमबहादुर सुनारको घर पुरिँदा हुमबहादुरसहित उनकी श्रीमती थसी सुनार र सात वर्षीष छोरी सीमा सुनारको मृत्यु भएको छ। घटनाबारे विस्तृत विवरण भने अझै आउन नसकेको राठौरले वताए।
No comments:
Post a Comment