११ श्रावण ,२०७३ / दार्चुलाको घुसा गाविस वडा नम्बर ८ धनबोरा ठाउमा मंगलबार एक थान पेस्तोल सहित वेवारिसे सामान फेला परेको छ । खण्डेश्वरीका स्थानीय कमल रोकायले वेवारिसे अवस्थामा २ झोला देखेपछि प्रहरीलाई खबर गरेको हो ।
खण्डेश्वरी प्रहरी चौकीले उक्त जानकारी पाएपछि वेवारिसे अवस्थामा झोला रहेको स्थानमा असई कैलाश दत्त भट्ट नेतृत्वमा प्रहरी टोली पुगी वेवारिसे अवस्थामा भेटिएका २ झोलामा १ थान अवैध पेस्तोल सहित ९ लाख ९९ हजार नगद रुपैया र अन्य सामान फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पेस्तोलमा लाग्ने ५ राउन गोली, १ थान चक्कु, एक तोला यार्सागुम्बा, १ किलोग्राम सतुवा, यार्सागुम्बा जोक्ने तराजु, ४ थान ढक, सिक्का ४ थान, क्याल्कुलेटर, पेन, छाता, एक पोका औषधी र यार्सागुम्बा संकलन परिचय पत्र समेत फेला परेको छ ।
No comments:
Post a Comment